शनिबार, १५ वैशाख २०८१

नाडामा निसान गाडी बुकिङ्ग गर्दा उपहारनै उपहार

समयपोष्ट २०७६ भदौ ११ गते ९:४०

Advertisement

निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले नाडा अटो शोमा निसान गाडीका लागि “फेस्टिभ ड्राइभ” उपहार योजना समावेश गरेको छ ।

निसान फेस्टिभ ड्राइभ योजना अन्तर्गत नाडा अटो शोमा आएका ग्राहकहरुलाई गाडी बुकिङ्ग गरेवापत ३१ हजार ९ सय ९९ बराबरको एमआई ८लाईट मोबाइल निःशुल्क दिने भएको छ ।

गाडीका खरिदकर्ताहरु बीच गरिने लक्की ड्रमा छानिएका १० जोडीले मलेशिया भ्रमण गर्ने अवसर पाउने छन् भने ५ जनाले १० ग्रामको सुनको सिक्का पाउनेछन् । यसका अतिरिक्त आकर्षक नगद छुट ५ लाखसम्म र फेस्टिभ ड्राइभ नगद छुट ३ लाखसम्मको प्रावधान राखिएको छ ।

९५ हजार ९ सयसम्मको निःशुल्क एसेसरिज, एक वर्षसम्मका बिमा र सडक कर, ३ वर्षसम्मको सर्भिसिङ्ग, ३ वर्ष वारेन्टी, सर्भिसिङ्ग लोयल्टी र एक्सचेन्ज बोनसको समेत प्रावधान राखिएको छ । नाडा अटो शोका लागि लागू भएको यो योजना चाडपर्वको मौसमसम्म नै रहने छ ।

निसान गाडी तथा फेस्टिभ ड्राइभ योजनाको बारेमा थप जानकारीका लागि कृपया नाडा अटो शोको पायोनियर मोटोकर्प स्टल नं. आई२१ मा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री