शुक्रबार, १४ वैशाख २०८१

राजधानीमा नाडा अटो शो सुरु, हेर्नुहोस् तस्विर

समयपोष्ट २०७६ भदौ १० गते १३:२८

Advertisement

राजधानीको भृकुटीमण्डपमा आजबाट नाडा अटो शो शुरु भएको छ ।

मंगलबार उक्त कार्यक्रमको समुद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गरे । आजदेखि शुरु भएको अटो शो १५ गतेसम्म सञ्चालन हुनेछ ।

अटो शोमा ९५ ब्राण्डको सहभागीता छ । नेपाल अटोमोवाइल्स डिलर्स एशोसिएशनले प्रत्येक वर्ष दशैंअघि अटो शो गर्दै आएको छ । वर्षमा एकपटक हुने नाडा अटो शो देशकै सबैभन्दा ठूलो अटो शो हो । अटो शोमा ठूला तथा साना गरी करिव १६० वटा स्टल र ब्लकहरु छन् । मेलामा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुबि्रकेन्ट, टायर, पार्ट-पुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरुको सहभागिता समेत छ ।

प्रदर्शनीमा २३ वटा ब्राण्डका चार पाङग्रे, १९ वटा ब्राण्डका दुई पाङग्रे, १२ वटा ब्राण्डका लुबि्रकेन्ट, ९ वटा ब्राण्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा पार्ट-पुर्जा एवम् ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तिय संस्थाहरुको सहभागिता छ ।

प्रदर्शनीमा अवलोकनकर्ताहरुको सुविधालाई विषेश ध्यानमा राखी २-पाङग्रे, ४-पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा-छुट्टै प्रदर्शन गरिएको छ । यस पटकको नाडा अटो शोमा अटो कम्पोनेन्टका स्टलहरु तथा फुडस्टलहरु बगैंचामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री