बिहीबार, ८ साउन २०८२

बानेश्वरमा सन्राइज बैंकको १२१ औँ शाखा संचालनमा

समयपोष्ट २०७६ भदौ १० गते १३:०१

सन्राइज बैंकले बानेश्वरमा १२१ औँ शाखा संचालनमा ल्याएको छ ।

शाखाको बैंकका अध्यक्ष मोतीलाल दुगड र संचालक समितिका सदस्यहरु ई. बच्छराज तातेड र शारदा शर्मा पुडासैनीले संयुक्त रुपमा समुद्घाटन गरे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा १० को अध्यक्ष राम कुमार के. सी र शारदा शर्मा पुडासैनीले ए. टि. एम.को समेत समुद्घाटन गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालका साथै अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।

हालसम्म बैंकले १२१ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४१ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री