शुक्रबार, १४ वैशाख २०८१

नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांस बाँड्ने

समयपोष्ट २०७६ भदौ ६ गते १२:०७

Advertisement

नागरिक लगानी कोषले २३.१६ प्रतिशत लाभांस बाँड्ने भएको छ । कोषले आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट २२ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कोषले लाभांस पारितका लागि भदौ ३० गते साधारणसभा डाकेको छ। कोषको शेयर पूँजी १ अर्ब १० करोड २३ लाख रुपैयाँ छ। कोषले गत आर्थिक बर्ष ४३ करोड ३९ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो बर्ष कोषको नाफा ३५ करोड ९३ लाख रुपैयाँ थियो। कोषको कुल आम्दानी ७९ करोड ८३ लाख रुपैयाँ छ। कोषको कुल खर्च २० करोड ५० लाख रुपैयाँ छ।

कोषले एक बर्षमा ब्याज आम्दानी ४ करोड ७५ लाख गरेको छ भने सेवा शुल्क तथा कमिसन आम्दानी ७३ करोड ५० लाख रुपैयाँ गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री