शुक्रबार, १४ वैशाख २०८१

एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा

समयपोष्ट २०७६ भदौ ६ गते ११:५७

Advertisement

एभरेष्ट इन्स्योरेन्सले असोज १ गते साधारण सभा आब्हान गरेको छ।

मर्जरमा जाने प्रस्ताव राखेर कम्पनीको २४ औं वार्षिक साधारण सभा आब्हान गरेको हो। सभामा कम्पनीले आर्थिक बर्ष ७४/७५ को बार्षिक प्रतिवेदन , वित्तीय विवरण पारित गर्ने छ भने गत आर्थिक बर्षको लागि लेखापरिक्षकको नियुक्ति गर्ने छ ।

त्यस्तै सभामा नियामकको निर्देशन बमोजिम प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने , विविध लगानीका क्षेत्रहरु थप गर्ने विशेष प्रस्ताव पेश हुने छ । त्यस्तै सभाले निर्जीवन विमा ब्यवसा गर्ने उपयुक्त कम्पनीसंग गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि आवश्यक निर्णय गर्ने सम्पूर्ण अधिकार संचालक समितिलाई दिने छ ।

सभा प्रयोजनको लागि कम्पनीले भदौ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भदौ १९ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन् ।

चुक्ता पूँजी एक अर्ब ४ करोड रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा १४ करोड ११ लाख रुपैयाँ राखेको छ।

कम्पनीले गत आर्थिक वर्षमा ६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ५ रुपैंया ८३ पैसा कायम गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री