शुक्रबार, १४ वैशाख २०८१

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

समयपोष्ट २०७६ भदौ ५ गते १४:१६

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर प्रस्थान गरेका छन् । बिहीबार दिउँसो पत्नी राधिकासहित प्रधानमन्त्री ओली सिंगापुरका लागि प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । स्वास्थ्य परीक्षणका सिलसिलामा ओली यो पटक १५ दिन सिंगापुरमा बस्ने जनाइएको छ । प्रधानमन्त्री ओली भदौ २० गते स्वदेश फर्किने जनाइएको छ । यसअघि ओली साउन १८ गते स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री