शुक्रबार, १४ वैशाख २०८१

अंगदान तथा अंगप्रत्यारोपणबारे जनचेतना अभिवृद्धि गर्ने “दानबीर” को प्रदर्शनी

समयपोष्ट २०७६ भदौ ४ गते १८:०४

Advertisement

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आयोजनामा अंगदान तथा अंगप्रत्यारोपणबारे व्यापक जनचेतना अभिवृद्धि गर्ने उदेश्यले स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रद्धारा तयार पारको वृतचित्र प्रर्दशन गरिएको छ ।

केन्द्रको पहलमा तयार पारिएको मह जोडी अभिनित टेलिचलचित्र “दानबीर” को प्रदर्शनीको मंगलवार उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरे ।

अंगदान र अंग प्रत्यारोपण सम्बन्धि जनचेतना स्थानिय तहसम्म पु¥याउने उदेश्यले काठमाण्डौँ उपत्यका भित्र रहेका सबै महानगरपालिका र नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडा अध्यक्ष, विशिष्ट व्यक्तित्वहरु आमन्त्रित उक्त कार्यक्रम कमलपोखरीस्थित कुमारी चलचित्र मन्दिरमा प्रर्दशन गरिएको थियो ।

काठमाण्डौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, ललितपु महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा काठमाण्डौ उपत्यका भित्रका विभिन्न नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, स्थाानिय जनप्रतिनिधिहरु र विभिन्न विशिष्ट व्यक्तित्वहरु गरी १५० जनाको उपस्थिति रहेको थियो ।

अंग प्रत्यारोपणा गर्ने व्यक्तिहरुले पनि समाजमा अन्य व्यक्ति सरह सामान्य जिवनयापन गरी देश विकासमा सक्रिय हुन सक्ने र मस्तिष्क मृत्यू भएको व्यक्तिले मृत्यू अगावै वा मस्तिष्क मृत्यू भएको व्यक्तिको सम्बन्धित परिवारले मञ्जुरीनामा दिएमा एक जना मस्तिष्क मृत्य भएको व्यक्तिबाट् २ मृगौला, २ फोक्सो, १ मुटु, १ कलेजो, १ प्याङक्रियाज, १ सानो आन्द्रा दान भई ती अंग फेल भएका ८ व्यक्तिलाई बचाउन सकिने सन्देश दिइएको छ ।

बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको निर्देशनमा बनेको “दानबीर” टेलिचलचित्रमा श्रेष्ठ र आचार्य ( महजोडी) संगै बसुन्धरा भुसाल, राजाराम पौडेल, नरेन्द्र कंशाकार जस्ता चर्चित कलाकारको जिवन्त अभिनय छ ।

फिल्मको कथा हरेक चिज दान गर्न मन पराउने पुन्य प्रसाद (हरिवंश) र मिर्गौला फेल भई प्रत्यारोपणको लागि दाता खोजि रहेका धनबहादुर (मदनकृष्ण)लाई केन्द्र भागमा राखिएको छ । उनीहरुलाई साथ दिएका छन बसुन्धरा भुसाल र राजाराम पौडेलले । फिल्मले मृत्यु पछि डढेर वा पोलिएर जाने अंग कसैका लागि जीवन बचाउन काम लाग्ने भन्दै अंगदान गर्न अभिप्रेरित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी उपप्रधानमन्त्री एंव स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले यस्ता प्रकारका कार्र्यक्रमले मस्तिष्क मृत्युबाट प्राप्त हुुने अमुल्य अंगदानले अंग प्रत्यारोपणमा थप सफलता मिल्ने हुँदा यस किसिमको महान कार्यमा पुर्ण सहयोग गर्ने बताए ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य यस किसिमका जनचेतनामुलक कार्यक्रम विभिन्न सरकारी तथा निजी क्षेत्रका संचार मध्यममा प्रशारण गर्न सके नेपालमा अंग दाताको अभाव नहुने र प्रत्यारोपण कार्य सहज हुने विचार व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले मस्तिष्क मृत्यू पश्चात अंग दान गर्न सकिने र अंगदान गर्नका लागि सबैलाई आग्रह गरे ।

केन्द्र स्थापनाभएको ६ वर्षको आवधिमै ६५८ जनाको मृगौला प्रत्यारोपण ३ वटा कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । साथै केन्द्रले मस्तिष्क मृत्युु भएको व्यक्तिबाट प्राप्त अंग प्रयोग गरी ६ जनामा मृगौला तथा १ जनामा प्रत्यारोपण गरि सकेको निर्देशक श्रेष्ठले जानकारी दिए  । उक्त टेलिचलचित्र क्रमश देशको सात वटै प्रदेशमा क्रमिक रुपमा प्रर्दशन गर्ने योजना रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री