शनिबार, ८ वैशाख २०८१

सन्राइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युटबीच सहकार्य

समयपोष्ट २०७६ साउन ३० गते १३:३७

Advertisement

सन्राइज बैंक र नेपाल बैंकिङ्ग इन्स्टिच्युट बीच तालिम तथा सिप विकासको सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा सन्राइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले हस्ताक्षर गरे ।

सम्झौता अनुसार नेपाल बैंकिङ्ग इन्स्टिच्युटले सन्राइज बैंकका कर्मचारीहरुलाई ब्यक्तित्व तथा सिप विकासको प्रशिक्षणमा सहभागी हुने अवसर प्रदान गर्नेछ ।

वार्षिक ५० लाख बराबरको प्रशिक्षण गराइने उक्त सम्झौता, यस आर्थिक वर्षको पहिलो सम्झौता रहेको नेपाल बैंकिङ्ग इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सन्जिव सुब्बाले जनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री