शुक्रबार, १४ वैशाख २०८१

धादिङ्गबेसीमा सिद्धार्थ बैंकको नयाँ शाखा

समयपोष्ट २०७६ साउन ३० गते १३:२०

Advertisement

सिद्धार्थ बैंकले धादिङको सदरमुकाम धादिङ्गबेसीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथाकर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो।

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १६१ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १७५ एटीएम र एक हजार ३०० भन्दा बढी पस मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री