बिहीबार, १३ वैशाख २०८१

पोल गाडेको १० वर्षपछि बल्ल बल्यो बत्ति

समयपोष्ट २०७६ साउन २९ गते २०:२३

Advertisement

स्थानीय तह सञ्चालनमा आएसँगै गाउँमा विद्युत् बल्न थालेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका स्थानीयवासी हर्षित भएका छन् । पोल गाडेको करीब १० वर्ष बितेको भए पनि स्थानीय तह सञ्चालनसँगै गाउँमा छोटो समयमै विद्युत्सेवा विस्तारभएपछि स्थानीयवासी हर्षित भएका हुन् ।

लामो समयदेखि विद्युत् बाल्ने आशामा बसेका स्थानीयवासीले गाउँपालिकाको गत आर्थिक वर्षको करीब रु ७५ लाखको बजेटमा विद्युत् विस्तारको काम सम्पन्न भएसँगै विद्युत्सेवा उपभोग गर्न पाएका हुन् । वडाभित्र रहेका करीब ४५० घर धुरीमध्ये मङ्गलबारबाट दुई सय घरमा विद्युत् बल्न थालेको वडा कार्यालयका सूचना अधिकारी सीताराम लुइँटेलले जानकारी दिनुभयो ।

स्थानीयवासीले विद्युत् मिटर समयमा पाउन नसेकाले अन्य घरमा विद्युत् विस्तारमा केही ढिला भएको वडा कार्यालयले जनाएको छ । गाउँपालिकाको लगानी र स्थानीयवासीको करीब ३० प्रतिशत जनश्रमदानमा वडाका सबै स्थानमा मुख्यलाइन भने पुगेको छ । तर शाखा लाइनमा विद्युत् विस्तारका लागि तार नपुग्दा भने ४० घरको हारहारीमा विद्युत् पु¥याउन समस्या रहेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री