शुक्रबार, ७ वैशाख २०८१

बेडमा पुरुष पार्टनरको नियन्त्रण मन पराउछन् महिला, यस्तो संभोगमा बढ्दो रुची

समयपोष्ट २०७६ साउन २६ गते २१:०५

Advertisement

समाजमा संभोगको विषयमा खुलेर कुराकानी गर्न वर्जित छ । संभोगको बारेमा सबैलाई चासो भएपनि सबैले यसलाई दबाएर राख्छन् । नजिकका साथीसँग पनि आफ्नो चाहना भन्न सबै हिच्किचाउँछन् ।

मानिस नै पिच्छे संभोगको विषयमा सबैको फरकफरक रुची र चाहना हुन सक्छ तर, यस विषयमा हाम्रो समाजमा पति पत्नी वा साथीहरु एक आपसमा खुलेर कुरा गर्न हिच्किचाउँछन् । अझै महिलाहरु त यस्तो विषयमा बोल्दै बोल्दैनन् भन्दा पनि फरक नपर्ला ।

तर, समयक्रमसँगै हाम्रो समाज विस्तारै परिवर्तन भइरहेको छ । विस्तारै मानिसहरु इन्टरनेटको माध्यमबाट भएपनि आफ्नो संभोग जीवन र रुचीको बारेमा खुल्न थालेका छन् ।

एक सर्वेक्षणका अनुसार संभोगको विषयमा रोचक र अचम्मको तथ्यहरु अगाडि आएको छ । सर्वेक्षणमा महिलाहरुलाई संभोग गर्दा के कुराले अझै बढी उत्तेजित बनाउँछ वा उनीहरुलाई के गर्न मनपर्छ भनेर सोधिएको थियो ।

सर्वेक्षण अनुसार यसमा सहभागी ६२ प्रतिशत युवतीहरुले उनीहरुलाई सफ्ट संभोग भन्दा पनि रफ संभोग मन पर्ने खुलासा गरेका छन् । परम्परागत किसिमको सेक्स भन्दा पनि संभोगको समयमा विभिन्न नयाँ नयाँ परिक्षणहरु मनपर्ने उनीहरुले बताएका छन् ।

यसको साथै सर्वेक्षणबाट महिलाहरुको संभोगसँग जोडिएका अन्य कैयौं रोचक कुराहरु अगाडि आएको छ । यसले युवतीहरु अब संभोगको विषयमा खुलेर आफूलाई मन पर्ने र नपर्ने कुरालाई व्यक्त गर्न थालेका छन् भन्ने कुरा प्रष्ट पारेको छ ।

क्युपिड नामक उक्त डेटिङ वेवसाइटका अनुसार संभोगलाई लिएर महिलाहरुको रुची परिवर्तन भइरहेको छ । वेवसाइटका अनुसार करिब ४ लाख मानिसहरु यस साइटमा जोडिएका छन् ।

यी सबै सदस्यहरुमध्ये ५२ प्रतिशत महिला सदस्यहरुले उनीहरुलाई रफ संभोग मनपर्ने कुरा व्यक्त गरेका छन् । संभोग गर्दा जब उनीहरुको पार्टनर रोमाञ्चकताको लागि उत्तेजित हुन्छन् र नयाँ प्रयोग गर्छन् भने त्यसले उनीहरुलाई अझै उत्तेजित बनाउँछ ।

महिलाहरुले कस्तो मन पराउँछन् ?

सर्वेक्षणका अनुसार रफ संभोगमा सबैभन्दा पहिले युवतीहरुलाई पुरुष साथीले कपाल तानेको मन पर्छ । शारीरिक सम्बन्ध भइरहेको समयमा यदि पार्टनरले उनीको कपाल तानिदिएमा भने यसले उनीहरुको मुडलाई अझै रमाइलो बनाइदिन्छ र आनन्द महसुस गर्छन् ।

महिलाहरुलाई बेडमा पुरुष पार्टनरले नियन्त्रण गरेको धेरै मन पर्छ । जब पार्टनरले सबैकुरा आफ्नो हिसाबले गर्न थाल्छन् र केहि नयाँ प्रयोग गर्न थाल्छन् त्यतिखेर युवतीहरु खुसी हुन्छन् ।

नयाँ नयाँ पोजिसन र नयाँ तरिकाले संभोग गर्दा उनीहरु अझै रोमाञ्चित हुन्छन् ।

संभोग गर्दा पुरुष पार्टनरले महिलाहरुलाई कुनै चीजले बाँध्ने, फोहरी कुरा गर्ने र शरीरको कुनै भागमा टोक्ने जस्ता रफ र वाइल्ड कार्यहरु पनि महिलाले मनपराउने कुरा सर्वेक्षणले पत्ता लगाएको छ ।

यो सर्वेक्षणमा भाग लिने महिला सदस्यहरुले अन्य कैयौ प्रश्नहरुको जवाफ दिएका छन् र संभोगको बारेमा कुरा गर्न आफै अग्रसर भएका छन् । उनीहरुले खुलेर आफ्नो इच्छाहरुलाई व्यक्त गरेका छन् ।

विज्ञहरुका अनुसार पुरुष पार्टनरले शारीरिक सम्बन्धको समयमा महिला पार्टनरलाई दाँतले टोकेमा युवतीहरुको शरीरको रक्तसञ्चार र मुटुको धड्कन बढ्छ । त्यसकारण उनीहरुले संभोगबाट अझै बढी सन्तुष्टि प्राप्त गर्छन् ।

विज्ञहरुका अनुसार आजकालको युवतीहरुमा रफ संभोगको चलन विस्तारै विस्तारै बढ्दै गएको छ र समयसँगै उनीहरुको संभोगको रुची धेरै हदसम्म बदलिँदै गएको छ । तर, सबैमा यो चाहना नहुन भने सक्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित सामाग्री