कृषि विकास बैंक आजबाट कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा
समयपोष्ट
२०७६ साउन २३ गते १४:१२
कृषि विकास बैंक पनि ‘कनेक्ट आईपीएस ई–पेमेन्ट’ प्रणालीमा आवद्ध भएको छ ।
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा कृषि विकास बैंकलाई पनि उक्त प्रणालीमा आवद्ध गराई आजबाट कारोबार सञ्चालनमा ल्याएको हो ।
अब कृषि विकास बैंकका ग्राहकहरुले पनि यस प्रणालीमार्फत आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु गर्न सक्नेछन् ।
यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने भुक्तानीसेवाहरु प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया