शनिबार, १० साउन २०८२

बाराको सिमरामा सनराइज बैंक लिमिटेडको शाखा बिस्तार

समयपोष्ट २०७६ साउन १९ गते १८:०५

सनराइज बैंकले बाराको सिमरामा ११४ औँ शाखा संचालनमा ल्याएको छ ।

आइतबार आयोजित औपचारिक कार्यक्रमा नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजन बिक्रम थापा तथा सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको तथा जितपुर सिमरा उप महानगरपालिकाको मेयर डा. कृष्ण पौडेलले ए. टि. एम. को उद्घाटन गरे ।

हालसम्म सनराइज बैंकको शाखा संख्या ११४ वटा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर, १३२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री