आइतबार, ११ साउन २०८२

कामना सेवा विकास बैंक र आई.एम.ई. पेए डिजिटल वालेटबीच सम्झौता

समयपोष्ट २०७६ साउन ९ गते १९:०१

कामना सेवा विकास बैंकले आई.एम.ई को आई.एम.ई. पेए डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी उक्त कम्पनीसंग सम्झौता गरी सेवा संचालनमा ल्याएको छ ।

बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत आई.एम.ई. पेए डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको बैंकले जनाएको छ ।

आई.एम.ई. पेए वालेट मार्फत ग्राहकले चन्द्रागिरी  केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोवाईल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री