आइतबार, ११ साउन २०८२

आइएमइ मोटर्स र कामना सेवा बीच सम्झौता

समयपोष्ट २०७६ साउन २ गते १९:४०

ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र आइएमइ मोटर्स बीचमा व्यापार सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अनुसार आइएमइ मोटर्समार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा अशोक लेलेण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र आइएमइ मोटर्सको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री