आइतबार, ११ साउन २०८२

सिभिल बैंकले पायो आइएसओ प्रमाणपत्र

समयपोष्ट २०७६ साउन २ गते १६:२८

सम्मृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंक आइएसओ ९००१–२०१५ प्रमाणित बन्न सफल भएको छ ।

बिहीबार सिभिल बैंकको सिभिल ट्रेड सेन्टर सुन्धारास्थित कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रममा आइएसओ ९००१–२०१५ को प्रमाणपत्र र आइएसओ सर्टिफिकेसनको आधिकारिक संस्थाले युआर युनाइटेड रेजिस्टार अफ सिस्टम्सका नेपाल प्रतिनिधिले प्रदान गरेका हुन् ।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले उक्त प्रमाणपत्र बुझेका हुन् । आइएसओ ९००१–२०१५ प्रमाणपत्र कुनैपनि संस्थाले आफ्नो सेवा र सुविधालाई ग्राहक केन्द्रीत बनाउन परिस्कृत गर्दै अनवरत रुपमा अन्तरािष्ट्रयस्तरको सेवा तथा सुविधाहरु प्रदान गर्दा पाइने गुणस्तरको प्रमाणिकरण हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री