शुक्रबार, १६ चैत २०८०

खुमलटारमा जनता बैंकको नयाँ शाखा सञ्चालनमा

समयपोष्ट २०७६ असार ३० गते १३:३०

Advertisement

जनता बैंक नेपाल लिमिटेडले ललितपुरको खुमलटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

शाखाको सोमबार बैंक संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले समुद्घाटन गरे । उद्घाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको उपस्थिति रहेको थियो । यससंगै जनता बैंकको शाखा सञ्जाल १४२ पुगेको छ । यो उपत्यकामा बैंकको २४औं शाखा हो ।

बैंकले १०८ एटिएम, ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री