शुक्रबार, १४ वैशाख २०८१

बीपी कोइराला अस्पतालको प्रसूति कक्षबाटै तेह्र दिने शिशु चोरी

समयपोष्ट २०७६ असार २७ गते ९:०४

Advertisement

बुधबार मध्यरात १३ दिने नवजात शिशु चोरी भयो । त्यही पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसूति कक्षबाटै । जब आमाले छोरो हराएको थाहा पाइन् तर हल्लीखल्ली मच्चियो । त्यसको तीन घण्टामै प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिई बच्चा आमाबुबाको जिम्मा लगाएको छ ।

आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ,सुनसरी भोक्राहा नर्सिङ–१ की बबिता मेहताले असार १३ मा छोरो जन्माएकी थिइन् । शल्यक्रिया गरी प्रसुति गराइएको थियो । स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाइृ अस्पतालमै राखिएको थियो ।

बुधबार बिहानसम्म उनका श्रीमान् दीपनारायण हेरचाहमा खटिएका थिए । राति भने भतिज रोशनलाई रेखदेखको जिम्मा लगाई उनी घर गएका थिए । बबिता र रोशन निदाएका बेला शिशु चोरी भएको हो ।

बिउँझिदा बच्चा नदेखेपछि बबिताले रोइकराइ गरेकी थिइन् । त्यसपछि प्रतिष्ठानका डाक्टर र नर्सले त्यसबारे चाल पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री