बिहीबार, १५ चैत २०८०

यसकारण हच्किन्छन् युवतीहरुले युवकहरुसँग प्रस्ताव गर्न

समयपोष्ट २०७६ असार २३ गते २०:४१

Advertisement

समयसँगै अहिलेको युवापुस्तामा धेरै परिवर्तन आइरहेको छ । तर पनि केही पुराना मान्यताहरुलाई छोड्न सक्दैनौं ? कुनै सम्बन्धको लागि पहल पुरुषले नै गर्नुपर्ने किन ? हामी आफ्नो विचारमा त धेरै अगाडि निस्किएका छौं तर, कैयौं मामिलामा अहिले पनि हामी पछाडि छौं । युवतीहरुले युवकहरुसँग सम्बन्धको सुरुवात गर्ने आशा गर्नुको पछाडि धेरै कारणहरु छन् । आखिर यस्तो किन भइरहेको छ ?

अस्विकारको डर

युवतीहरुको सबैभन्दा ठूलो डर हो रिजेक्सन् । सामान्यरुपमा महिलाहरु पुरुषले आफ्नो प्रेम प्रस्तावलाई अस्विकार गरिदिए भने के होला भन्ने सोच्छन् ।

उनीहरुको मनमा यो कुराको डर हमेसा हुन्छ । ‘उसमा मलाई कुनै रुची छैन । म त्यो स्थितीको सामना कसरी गर्न सक्छु ? अरु मानिसहरुलाई यो कुरा थाहा भयो भने उनीहरुले मेरो बारेमा के सोच्नेछन् ?’ यस खालका धेरै प्रश्नहरु छन् जुन उनीहरुको दिमागमा दौडिरहेको हुन्छ । यसै डरको कारणले उनीहरु जुन युवकलाई मनपराउँछ उनीहरुलाई डेटको प्रस्ताव गर्न हच्किन्छन् र आँफैलाई रोक्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री