बिहीबार, १३ वैशाख २०८१

सिटिजन बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने

समयपोष्ट २०७६ असार २३ गते २०:००

Advertisement

सहयोगी विकास बैंकको शेयर कारोवार रोक्का भएको छ । सिटिजन बैंक इन्टरनेशनलले उक्त विकास बैंकलाई प्राप्ति गर्नेभएपछि कारोवार रोक्का गर्ने निर्णय गरेको हो ।

आइतबार सिटिजनले सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेको छ । दुई संस्था गाभिएर एकीकृत कारोवार नहुँदासम्म शेयर कारोवार रोक्का राख्ने निर्णय भएको र सोको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराइएको विकास बैंकका कम्पनी सचिव राजेशकुमार मल्लिकले जानकारी दिनुभयो ।

यस्तै स्टकमा आज सूर्योदय लघुवित्त वित्तीय संस्थाको शेयर लाभांश सूचीकृत भएको छ । कूल तीन लाख २३ हजार १९० कित्ता शेयर लाभांश सूचीकृत भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री