बि.आर.एस. सत्यनारायण नेपाल एसबिआई बैंकको अध्यक्षमा चयन
समयपोष्ट
२०७६ असार १९ गते २१:०५
नेपाल एसबिआई बैंक संचालक समितिको ४३८ औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएका संचालक बि.आर.एस. सत्यनारायणलाई बैंक संचालक समितीको अध्यक्षमा सर्वसम्मत्तीबाट चयन गरेको छ ।
अध्यक्ष बि.आर.एस. सत्यनारायण एस.बि.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एस.बि.आई. का एशिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङ्गसँग सम्बन्धित मामिला हेर्छन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त संचालक समितीका अध्यक्ष सत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोह बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
प्रतिक्रिया