आइतबार, ९ कार्तिक २०८२

अब नीता अम्बानीकी बुहारी श्लोकाको ‘हिल’को चर्चा

समयपोष्ट २०७६ असार १८ गते १२:४५

Advertisement

भारतका व्यवसायी मुकेश अम्बानीकी बुहारी श्लोका मेहताको हिल सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ ।

भर्खरै क्रिकेटर युवराज सिंहले मुम्बईमा रिटायर्ड पार्टी दिएका थिए । उक्त पार्टीमा नीता अम्बानीसँगै उनका छोरा आकाश अम्बानी र श्लोका मेहता पनि पुगेका थिए ।

यसैक्रममा नीता पूरै कालो पहिरनमा उपस्थित थिइन् भने उनकी बुहारी श्लोका निलो आकाशे रङको मेटेलिक स्कर्ट र सेतो रङको अफ शोल्डर टिसर्टमा थिइन् । यस समारोहमा पहिरनको भन्दा पनि उनले लगाएको हिलको चर्चा बढी भयो । उनले सोफिया वेबस्टरको आइकानिक हिल लगाएकी थिइन् । जसको पछाडि पुतली बनाइएको थियो ।

यो हिलको डिजाइन निकै चर्चित छ । र यसको मूल्य पनि उत्तिनै ज्यादा । सिल्भर रङको उक्त हिलको मूल्य लगभग ५० हजार(भारतीय) पर्छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री