हुम्लाको सिमकोटमा साँग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा
समयपोष्ट
२०७६ असार १८ गते १०:१०
साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा नयाँ शाखा विस्तार गरेको छ । शाखाको उदघाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाई र सिमकोट गाउँ पालीकाका अध्यक्ष पदम बहादुर लामाले संयुक्त रुपमा गरे ।
नयाँ शाखा विस्तारसंगै बैंकको शाखा सञ्जाल ८६ पुगेको छ । बैंकको थप ५ शाखा उदघाटन हुने क्रममा रहेको बैंकले जनाएको छ। कार्यक्रममा सिमकोट गाउँ पालिकाका उपाध्यक्ष बली रावत लगायत वडाध्यक्षहरु, कार्यकारी प्रमुख एवं हुम्ला जिल्ला न्यायाधिश केशव बहादुर पाण्डे, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गाना लगायत बिभिन्न सरकारी निकायका प्रमुख , बिभिन्न राजनितीक दलका अध्यक्ष एवं प्रतिनिधीहरु, पत्रकार तथा स्थानिय समाजसेवीको उल्लेखनिय सहभागीता रहेको थियो ।
प्रतिक्रिया