शुक्रबार, १६ चैत २०८०

साताको पहिलो दिन सेयर बजार घट्यो,प्रभु इन्स्योरेन्सको कारोबार सबैभन्दा बढी

समयपोष्ट २०७४ साउन १५ गते १०:१७

साताको पहिलो दिन नेप्से ३.२५ अंकले ओरालो लागेर १६४३.२८ अंकमा पुगेको छ । आईतबार १५२ कम्पनीका १७ लाख कित्ता सेयर ९६ करोड रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन् । यसदिन सबैभन्दा बढी प्रभु इन्स्योरेन्सको सेयर किनबेच भएको छ । यसदिन प्रभु इन्स्योरेन्सले ८ करोड ९६ लाख रुपैयाँ कारोबार गरेको छ । 

Advertisement

यसदिन पाँच समूह बैंक ४.४३, जलबिद्युत ५.९, फाइनान्स ०.८१, बीमा ८१.८८ र अन्य समुहको परिसुचक ०.२९ अंकले घटेको छ भने  होटल ४७.६१, विकास बैंक १०.३ र उत्पादनमुलक ३१.५३ अंकले बढेको छ ।

यसदिन  सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्सका सेयरधनीले  करिब १० प्रतिशत कमाएका छन् भने सबैभन्दा  बढी गुमाउँनेमा प्राईम लाईफ इन्स्योरेन्सका सेयरधनी रहेका छन् । प्राईम लाईफ इन्स्योरेन्सका सेयरधनीले करिब ६ प्रतिशत गुमाएका छन् ।   

प्रतिक्रिया

सम्बन्धित सामाग्री