शुक्रबार, १६ चैत २०८०

सेयर बजार  ७.११ अंकले बढेर १६३६.१९ अंकमा उक्लियो

समयपोष्ट २०७४ साउन १० गते १२:०२

आज सेयर बजार  ७.११ अंकले बढेर १६३६.१९ अंकमा उक्लिएको छ । एक सय ५६ कम्पनीको १३ लाख ७१ हजार एक सय १० कित्ता सेयर खरिद विक्रि भएको बजारमा ९४ करोड ८५ लाख ६५ हजार एक सय ६ रुपैयाँको कारोवार भएको छ । 
बैंकिङ समूह र ‘अन्य’ समूहको सूचक सामान्य घटेको आज अरु सवै समूहको सूचक हरियो भएका छन् । आज होटल समूहको सूचक ८.३९ अंकले बढेको छ भने ट्रेडिङ १.३५ अंकले उक्लिएको छ । यस्तै, बिकास बैंक समूहको सूचक ६.४८, जलविद्युत समूहको सूचक १८.०३, फाइनान्स समूहको सूचक ६.९६ अंकले बढेका छन् । 
आज बीमा समूहको सूचक १५७.३२ र उत्पादनमुलक समूहको सूचक ७९.८५ अंकले बढेको  छ । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री