शनिबार, ८ वैशाख २०८१

दुर्घटना भएको हेलिकप्टरको पार्टपुर्जा काठमाडौँ ल्याइयो

समयपोष्ट २०७४ साउन ९ गते ८:४६

जेठ २७ गते गोसाइँकुण्डको हेलिप्याडमा दुर्घटना भएको मनाङ एयरको हेलिकप्टरका सबै पार्टपुर्जा काठमाडौँ ल्याईएको छ । 

Advertisement

मनाङ एयरका उडान प्रबन्धक रोम श्रेष्ठका अनुसार स्थलगतरुपमा मर्मत गर्न नसकिने भएपछि सो हेलीकप्टरलाई दुई भाग गरी श्री एयर कम्पनीको एमआई हेलिकप्टरमा झुण्ड्याएर काठमाडौँ ल्याईएको  हो । 

छजना तीर्थयात्री बोकेको सो हेलिकप्टर अवतरणका क्रममा पछाडिको भागमा रहेको टेलरोटर ठोक्किएर दुर्घटना भएको थियो । 

एकपटकमा उठाउन नसक्ने भएपछि वरिष्ठ हेलिकप्टर चालक हिरा दाहालको नेतृत्वमा गएको प्राविधिक टोलीले हेलिकप्टरका पार्टपुर्जालाई दुई माग गरी छुट्टाछुट्टै झुन्ड्याएर ल्याईएको उडान प्रबन्धक श्रेष्ठले बताए । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री