एनआइसी एशियाको नाफा १ अर्ब ४६ करोड
गत आव २०७३/७४ मा एनआइसी एशिया बैंकले एक अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा १ अर्ब ६ करोड रहेको थियो ।
बैंकको खुद व्याज आम्दानी २ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट १४ करोड ४७ लाख रुपैयाँ, अन्य सञ्चालनबाट ५७ करोड २८ लाख र बिदेशी मुद्राको कारोबारबाट बैंकले १८ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ ।
बैंकले गत आर्थिक बर्षमा ८५ अर्ब २८ करोड रुपैयाँ स्वदेशी निक्षेप संकलन गरेको थियो भने अघिल्लो अर्थिक बर्षमा यस्तो निक्षेप ६७ अर्ब ५७ करोड रुपैयाँ मात्र थियो।
बैंकले गत अर्थिक बर्ष ७१ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो बर्षको ऋण लगानी ५८ अर्ब ४५ करोड रुपैयाँ थियो।
बैकको एक बर्षमा ५ अर्ब ७७ करोड रुपैयाँबाट ६ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ ।
बैंकले बाँकी पूँजी बोनस सेयर वितरण गरेर पुर्याउने भएको छ।
प्रतिक्रिया