बिहीबार, ६ कार्तिक २०७७

माछापुच्छ्रेको विशेष साधारणसभा श्रावण २२ मा

समयपोष्ट २०७४ साउन २ गते ८:०८

माछापुच्छ्रे बैंक सञ्चालक समितिले श्रावण २२ गते विशेष साधारणसभा डाकेको छ ।  बैंकले राष्ट्र बैंकको निर्देंशन बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुपर्ने भएकाले विशेष साधारणसभा डाकेको हो ।

माछापुच्छ्रेले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा केन्द्रिय कार्यालय काडमाडौंमा स्थानान्तरण गर्ने, आस्बा मार्फत धितोपत्र संकलन व्यवस्था थप गर्ने, संस्थापक ४, साधारण ३ र स्वतन्त्र एक जना गरी ७ जना सञ्चालक रहने व्यवस्था गर्ने लगायत अन्य नियमनकारी निकायबाट आएका निर्देशन बमोजिम आवश्यक संशोधन तथा परिमार्जन गर्न बैंक सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतको व्यवस्था थप तथा संशोधन गर्ने प्रस्ताव सहित विशेष साधारणसभा डाकेको हो ।

प्रतिक्रिया