बुधबार, १२ वैशाख २०८१

डिम्याट खाताको नवीकरण शुल्क नबुझाए कारोबार रोक्का हुँने

समयपोष्ट २०७४ असार ३० गते ८:५१

डिम्याट खाता संचालन गरे बापतको नवीकरण शुल्क नबुझाउने लगानीकर्ताको कारोबार रोक्का हुँने भएको छ । केन्द्रीय निक्षेप प्रणाली सीडीएससीले साउन मसान्तसम्म हितग्राही खाता संचालन गरे बापतको नवीकरण शुल्क नबुझाउने लगानीकर्ताको कारोबार रोक्का गर्ने भएको हो । 

Advertisement

तोकिएकै समयमा शुल्क नबुझाएका लगानीकर्ताको कारोबारमा रोक लगाउने सीडीएससीले जनाएको छ । लगानीकर्ताले आर्थिक वर्ष २०७३/७४ मा खाता संचालन गरे बापतको नवीकरण शुल्क प्रति खाता वार्षिक एक सय रुपैयाँ बुझाउँनुपर्छ । 

सीडीएससीले पछिल्लो समय खाता खोल्ने तर नवीकरण नगर्ने प्रवृति बढेकोले कडाई गर्नु परेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री