शुक्रबार, १६ चैत २०८०

सेञ्चुरी कमर्सियल बैंकले हकप्रद निश्कासन गर्ने

समयपोष्ट २०७४ असार ३० गते ५:४९

सेञ्चुरी कमर्सियल बैंकले १०० रुपैयाँ मुल्य अंकित १ करोड ८८ लाख ५४ हजार हकप्रद निश्कासन गर्ने भएको छ । बैंकले साउन १६ गतेदेखि १० कित्ता बराबर ४ कित्ताको अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको हो ।  

Advertisement

बैंकको हकप्रद बिक्री प्रबन्ध सिभिल क्यापिटल मार्केट रहेको छ । असार २६ गतेसम्म सेयर खरीद गरेका सेयर धनीले बैंकको हकप्रदमा आवेदन दिन सक्नेछन् । 

बैंकको हकप्रदमा भदौ १८ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक  सिभिल क्यापिटलले जनाएको छ । चुक्ता पुँजी ४ अर्ब ७१ करोड ३५ लाख ६४ हजार रुपैयाँ रहेको बैंकको हकप्रद निश्कासन पछि चुक्ता पुँजी ६ अर्ब ६० करोड ३० लाख २९ हजार रुपैयाँ पुग्नेछ ।

हाल सेञ्चुरी बैंकको सेयर प्रति कित्ता २ सय ९० रुपैयाँमा किनबेच भैरहेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री