शुक्रबार, १४ वैशाख २०८१

एनसेलको प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरसेकरा नियुक्त, को हुन् अमरसेकरा ?

समयपोष्ट २०७४ असार २३ गते ३:४२

नेपालको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रबन्ध सञ्चालकमा सुरेन जे. अमरसेकरा नियुक्त भएका छन् । प्रबन्ध सञ्चालकमा उनको नियुक्तिसँगै एनसेलका पूर्वप्रबन्ध सञ्चालक साइमन जोन पर्किन्सले एक्जियाटाको प्रधान कार्यालयमा रही दक्षिण एशियाली बजारमा कम्पनीको सञ्चालनलाई सहयोग गर्ने गरी नयाँ कार्यभार सम्हाल्ने एनसेलले बताएको छ ।
बन्ध सञ्चालक अमरसेकराले यसअघि सिङ्गापुर टेलिकम्युनिकेशन्स (सिङ्गापुर), मोबिटेल (श्रीलङ्का), म्याक्सिस बर्हाद (मलेशिया) र एयरसेल लिमिटेड (भारत) मा काम गरिसकेका छन् ।  उनले दूरसञ्चार क्षेत्रमा ९ वर्ष प्रमुख कार्यकारी अधिकृतका रूपमा र १६ वर्ष उच्च व्यवस्थापनको विभिन्न पदमा रही काम गरेका छन् । 
भारत, मलेशिया, श्रीलङ्का तथा सिङ्गापुरलगायत देशका चर्चित दूरसञ्चार कम्पनीमा काम गरेको अनुभवसहित उनको नेतृत्वमा एनसेलले नयाँ कोशेढुङ्गा थप्दै, डिजिटल इन्क्लुजनद्वारा  देशको समग्र प्रगतिमा योगदान पुर्याउने विश्वास एनसेल सञ्चालक समितिको छ । अमेरिकाको न्यूयोर्कस्थित सिराक्युस विश्वविद्यालयबाट कम्प्युटर सिष्टम इञ्जिनीयरिङमा स्नातक तथा स्नातकोत्तर गरेका उनले अमेरिकाको इलिनोइसमा रहेको बुथ स्कूल अफ बिजनेश, युनिर्भसिटी अफ शिकागोबाट बिजनेश एडमिनिष्ट्रेशनमा समेत स्नातकोत्तर गरेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री