शुक्रबार, ७ वैशाख २०८१

एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा, आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गरी कुरा गर्न सकिने

समयपोष्ट २०७४ असार २० गते ३:१५

एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एक नयाँ रोचक भ्यालु एडेड सर्भिसको मजालिन पाउने भएका छन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘म्याजिक भ्वाइस’ सेवा ल्याएको हो । 
यस अन्र्तगत एनसेलका सबै ग्राहकले आफ्ना साथीभाई तथा परिवारसँग आफ्नो मोबाइलमा कुरा गर्दा आफ्नो आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गरी मोबाइलमा कुरा गर्न सक्नेछन् । 
यो सेवा सुचारु गरेलगतै एनसेलका ग्राहकले आफ्नो आवाज परिवर्तन गरी कार्टुन क्यारेक्टर, महिला अथवा अन्य कुनै क्यारेक्टरको जस्तो आवाजमा कुरा गर्न सक्नेछन् । यसका साथ(साथै ग्राहकले कुरा गर्दा ट्राफिक जाम, एयरपोर्ट, फुटबल स्टेडिएम, बर्थडे टोन लगायतका विभिन्न ब्याकग्राउण्ड साउण्ड आफ्नो मोबाइलमा राख्नपनि सक्नेछन् । यो सेवा आईभिआरमा आधारित सेवाभएकोले कुनै पनिमोबाइल सेटप्रयोग गर्नुहुने एनसेल प्रयोगकर्ताले यो सेवा सजिलै प्रयोग गर्न सक्नेछन् । 
म्याजिक भ्वाइस सेवा सोमबार (असार १९) बाट लागु भएको छ । एनसेलका ग्राहकले दैनिकवा साप्ताहिक रुपमा यो सेवा एक पटक अथवा स्वतःनविकरण हुने गरी सुचारु गर्न सक्नेछन् । एनसेलका ग्राहकले कर सहितमात्र रु २ मा दैनिक म्याजिक भ्वाइस सेवा सुचारु गर्न सक्नेछन् भने साप्ताहिक रुपमा यो सेवा सुचारु गर्न कर सहितमात्र १० रुपैयाँ लाग्नेछ । 
मनोरञ्जनले भरिपूर्ण यो सेवा सुचारु गर्न चाहने ग्राहकले एस्ट्रिक्स १७१३५ह्यास डायल गरी अथवा १७१३५ डायल गरी यो सेवा निःशुल्क सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएसमार्फत पनि यो सेवा सुचारु गर्न सक्नेछन् । दैनिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘एमभी१’ र स्वतःनविकरण हुने दैनिक सेवाकालागि अङग्रेजी ठूलो अक्षरमा ‘एमभी’ लेखि १७१३५ मा एसएमएस पठाउनु पर्नेछ । त्यस्तै, स्वतः नविकरण हुने साप्ताहिक सेवाकालागि अङग्रेजी ठूलो अक्षरमा ‘७एमभि’ र साप्ताहिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘७एमभी१’ टाइप गरी १७१३५ मा एसएमएस पठाउनु पर्नेछ ।
सेवा सुचारु गरेपछि एनसेलका ग्राहकले १७१३५ डायल गरी आफुले कुरा गर्न खोजेको नम्बर डायल गरी निर्देशनअनुसार १, २ वा ३ प्रेस गरी कुनै पनि आवाज छान्न सक्नेछन् भने ४, ५, ६ वा७ प्रेस गरी आफुले चाहेको ब्याकग्राउण्ड साउण्ड छनोट गरी सेवाको मजालिन सक्नेछन् । यो सेवाअन्तर्गतको म्याजिकभ्वाइस तथा ब्याकग्राउण्ड साउण्डमा कुरा गरीरहेको बेलामा डायल प्याडबाट ‘०’ पे्रस गरी प्रयोगकर्ताहरु आफ्नै आवाजमाफर्कन सक्छन् । 
एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले म्याजिक भ्वाइसबाट कुरा गर्दा भ्वाइस सेवा अन्तर्गतको विद्यमान् शुल्क लाग्ने छ । ‘‘यो रोचक सेवा ग्राहक माझ ल्याउन पाउँदा हर्षित भएको वताए । साथै यो सेवामा मासिक रुपमा थप विभिन्न क्यारेक्टरहरुको आवाज र ब्याकग्राउण्ड साउण्डहरु थप्दै लग्ने वताए । 

Advertisement

यो सेवा सुचारु गर्नुहुने ग्राहकले सेवानिष्कृय गर्न  अङ्ग्रेजीमा ‘युएनएसयुबीएमभी’ (सुरुको यु र एमभी ठूलो अक्षरमा) लेखि १७१३५ मा एसएमएस पठाउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री