बिहीबार, १३ वैशाख २०८१

‘आशिक बनाया आपने’ की नायिका तनुश्री दत्तालाई चिन्नै मुश्किल(फोटोफिचर)

समयपोष्ट २०७५ साउन ११ गते ६:५३

इमरान हाशमीको फिल्म ‘आशिक बनाया आपने’ बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री तनुश्री दत्ता बलिउडबाट टाढा छिन् । आफ्नो बोल्ड छवीका कारण अचानक चर्चामा आएकी उनी आठ बर्ष देखि बलिउडमा देखिएकी छैनन् । सन् २०१० मा उनको अन्तिम फिल्म ‘अपार्टमेन्ट’ रिलिज भएको थियो ।

Advertisement

दुई वर्षपछि तनुश्री दत्ता मुम्बई फर्किएकी छिन् । एयरपोर्टमा खिचिएका उनका तस्बिरहरुमा उनी चिन्नै नसक्ने भएकी छिन् ।तनुश्री एयरपोर्टमा निलो शर्ट र कालो जोगिंग्समा भेटिइन् । मिडियाको क्यामरा देखेपछि उनी मुस्कुराइन् ।

फिल्मी दुनियाँबाट टाढा भएपछि उनको झुकाव अध्यात्मतर्फ रह्यो । उनी अध्यात्मको खोजमा थुप्रै आश्रममा बसिन् । त्यसको केही समयपछि उनी अमेरिकामा बस्न थालिन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री