शुक्रबार, १६ चैत २०८०

ज्योति विकास बैंकले मुस्ताङ्ग सवारी दुर्घटनाका पिडित परिवारलाई रोजगारी र नि:शुल्क शिक्षा दिने

समयपोष्ट २०७५ साउन ९ गते १२:५३

ज्योति विकास बैंक आजबाट स्थापनाको दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले मुस्ताङ्ग सवारी दुर्घटनामा परिवार गुमाएकी लिलासरी पुनमगर रोकालाई रोजगारी दिने घोषणा गरेको छ । साथै उनका पाँच बर्षे छोरालाई कक्षा १२ सम्म नि:शुल्क शिक्षा दिने निर्णय गरेको छ ।

Advertisement

सोही अवसरमा बैंकको विराटनगर शाखाले जनचेतना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी सामाग्री वितरण गरेको छ । बैंकको देवघाट शाखाबाट देवघाट समाज कल्याण केन्द्रका बृद्धाबृद्धाहरुलाई फलफूल,खाजा तथा रुमाल वितरण गरेको छ । त्यस्तै बैंकको वर्दिबास शाखाबाट धनुषामा अवस्तिथ लालगढ कुष्टरोग अस्पताल तथा बाँकेको कोहलपुरमा रहेको कौशिल्या पोलिकिल्नकका बिरामीहरुलाई फलफूल, खाजा आदि वितरण गरेको छ । बैंकको अन्य शाखाहरु मार्फत पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गरिएको बंकले जनाएको छ ।

बैंकले सोही अवसरमा ज्योति रेमिट तथा ज्योति स्मार्ट मोबाइल बैंकिङ्गको औपचारिक शुभारम्भ गरेको छ । यसैगरी बैंकले १०औं वार्षिकोत्सव स्मारिकाका प्रकाशन गरि उक्त स्मारिकालाई त्रैमासिक रुपमा प्रकाशनको औपचारिक शुभारम्भ समेत गरेको छ ।

हाल बैंकले ६० वटा शाखा संजाल, २० वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा दिदैँ आएको छ । बैंकले ९० वटा शाखा विस्तार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री