शनिबार, १५ वैशाख २०८१

सुरु भयो मेगा बैंकको ‘मेगा मेहन्दी उत्सव’,निःशुल्क मेहेन्दी लगाउन सकिने

समयपोष्ट २०७५ साउन ९ गते १२:२८

मेगा बैंक नेपाल लिमिटेडले मेगा मेहन्दी उत्सव मनाएको छ । महिला ग्राहकहरुका लागि बैंकले पहिलोपटक मेहन्दी उत्सव आयोजना गरेको हो । श्रावण महिनाभर चल्ने यो उत्सवमा ग्राहकहरुले बैंकका बिभिन्न शाखाबाट निःशुल्क रुपमा आकर्षक मेहेन्दी लगाउन सक्नेछन् ।

Advertisement

बुधबार मेगा बैंकको राइजिङ मलस्थित मुख्य शाखामा मेहेन्दी लगाउन ग्राहकहरुको भीड थियो । मेहन्दी उत्सव आयोजना गरेकोमा बैंकलाई धन्यवाद दिँदै ग्राहकहरु मेहेन्दी लगाउन व्यस्त थिए ।

यो उत्सव मेगा बैंकका राजधानी र राजधानीबाहिरका हरेक शाखामा पालैपालो हुनेछ । इच्छुक ग्राहकले आफूलाई पायक पर्ने नजिकको शाखामा सम्पर्क गरेर आकर्षक मेहेन्दी लगाउन सक्ने मेगा बैंकले जनाएको छ ।

मेगा बैंकले नेपाली नारीहरुलाई लक्षित गरी यस्ता सांस्कृतिक र सामाजिक अभियान संचालन गर्नुका साथै नारी सिर्जनशील बचत खाता र मेगा जीवनसाथी बचत खाता जस्ता आकर्षक बचत योजना पनि संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री