शुक्रबार, १४ वैशाख २०८१

ढुंगा जसलाई फुटाउँदा निस्किन्छ रगत

समयपोष्ट २०७५ साउन ९ गते ९:४७

कुनै पत्थर टुक्रिँदा वा त्यसलाई काट्दा सजिव प्राणीको शरीरबाट जस्तै रगत निस्किएको सुन्नुभएको छ ? सायद छैन होला । तर यो साँचो हो । यो पत्थरलाई फुटाउँदा केवल रगत निस्किने मात्र होइन की यो पत्थरको मासु समेत निकै महंगोमा बिक्रि भैरहेको छ ।

Advertisement

चिली तथा पेरुको समुद्री किनाराहरुमा यस्तो ढुंगा पाइन्छ । यो पथ्थर Pyura Chilensis नामले चिनिन्छ । जब यो पत्थरलाई फोडिन्छ तब यसभित्रबाट रगत निस्किन थाल्दछ । यो पत्थरभित्र मासु पनि हुन्छ । बाहिर निकै कडा देखिने यो पत्थर भित्र निकै नरम हुन्छ ।

समुद्रको गहिराइसम्मै पुगेर यो पत्थरको खोजी गर्दछन् मानिसहरु । कारण, यो पत्थरभित्रको मासु निकै महंगोमा बिक्रि हुन्छ दुनियाका विभिन्न देशमा । यो ढुंगाको मासु काँचै खान मन पराइन्छ ।

अाखिर ढुंगाबाट रगत आउन र ढुंगाभित्र मासु हुन सम्भव छ त ? कुनैपनि हालतमा छैन । वास्तवमा यो निर्जिव ढुंगा नभै एउटा सामुदि्रक जिव हो ।
जसले स्वास पनि फेर्दछ र खाना पनि खान्छ । यसले आफ्नो लिंग पनि बदल्छ र बच्चा पनि जन्माउँछ । तर यो देख्दा हुबहु ढुंगाजस्तै देखिन्छ । त्यसैले यो रगत आउने पत्थरको नामले चिनिन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री