शनिबार, १५ वैशाख २०८१

हेटौँडा भैँसे सडक खण्डमा यातायात सञ्चालन

समयपोष्ट २०७५ साउन ९ गते ८:११

त्रिभुवन राजपथको हेटौँडा–भैंँसे सडकखण्डको बाघझोराकोे पहिरो हटाइ यातायात सेवा आज बिहान ९ बजेबाट सञ्चालनमा ल्याइएको छ ।

Advertisement

यसैगरी भैँसे सडक खण्डको बाघझोराबाट हेटौँडा कुलेखानी सडकको यातायात पनि सञ्चालन गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएराति आएको वर्षाको बाढीले बाघझोरा सडकमा खसेको ठूला ढुंगासहितको पहिरोले हेटौँंडा काठमाडौँंतर्फको यातायात सेवा झण्डै पाँचघण्टा अवरुद्ध हुन पुगेको थियो ।

हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारी साधन र दामान पालुङबाट आएका सवारी साधन बाघझोरामै रोकिएको यातायात व्यवसायी सरोज खनालले जानकारी दिनुभयोे ।

यसैगरी पालुङबाट जिल्लाको पश्चिमतर्फ जाने आग्रा र गोगनेतर्फ जाने यातायात सेवा पनि आज बिहानैबाट सञ्चालनमा ल्याइएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

गोगने र आग्रामा ठाउँ÷ठाउँमा पहिरो गई गएराितबाटै सडक अवरुद्ध भएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री