शुक्रबार, १४ वैशाख २०८१

बच्चाहरुलाई खाजा र खाना खुवाएर पालैपालो यौन दुराचार गरेको आरोपमा दुई फ्रान्सेली नागरिक पक्राउ

समयपोष्ट २०७५ साउन ८ गते १४:०७

बाल यौनदुराचारमा संलग्न २ जना फ्रान्सेली नागरिक काठमाडौंको गौशालाबाट पक्राउ परेका छन् ।

Advertisement

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालयौन दुराचारमा संलग्न फ्रान्सेली नागरिकद्धय ३८ वर्षीय मिचेल चुपाऊ र ४२ वर्षीय क्रिस्टोफे ग्योलक्सलाई शुक्रबार विमानस्थल जाने क्रममा गौशालाबाट पक्राउ गरेको हो ।

काठमाडौंको कागेश्वरी–मनहरा नगरपालिका भद्रबासस्थित एक घरमा डेरा गरी बसेका उनीहरुमाथि करिब २२ दिनको निगरानीबाट बालयौन दुराचारी भएको पुष्टि भएपछि पक्राउ गरी कार्वाही प्रक्रिया सुरु गरिएको ब्यूरोका निर्देशक प्रहरी नायव महानिरीक्षक नारायणसिंह खड्काले जानकारी दिए ।

प्रहरीले निगरानी बढाएको पत्तो पाएपछि उनीहरु भाग्ने क्रममा पक्राउ गरिएको पनि ब्यूरोद्वारा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

ब्यूरोले निजहरुले स्थानीय १० देखि १४ वर्षका बालकहरुलाई फुटबल, चक्लेट, स्र्पोर्टस् ड्रेस किनीदिने, खाजा र खाना खुवाउने जस्ता काम गरेर पालैपालो बच्चाहरुलाई यौन दुराचार गरेको पनि जनाएको छ ।

पीडितहरुले दिएको उजुरीको आधारमा उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरी कार्वाही प्रक्रिया अघि बढाएको पनि ब्यूरोका निर्देशक खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री