शुक्रबार, ७ वैशाख २०८१

शेरबहादुरको राजीनामापछि नयाँ कानूनमन्त्री को ? यी हुन् दुई सम्भावित नाम

समयपोष्ट २०७५ साउन ८ गते ८:२४

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कानून तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई सरकारबाट फिर्ता बोलाएसँगै उनको स्थानमा को मन्त्री बन्ने भन्ने चर्चा चलेको छ ।

Advertisement

औपचारिक रुपमा नेकपाले कुनै निर्णय नगरेपनि नेताहरुबीच भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलमध्ये एक जनालाई मन्त्री बनाउने विषयमा छलफल गरिरहेको बुझिएको छ ।

दुई जनामध्ये एक जनालाई छानेर आजै शपथ खुवाउने तयारी रहेको बुझिएको छ । तत्कालिन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ मा संघीय संसदमा निर्वाचित बनेका हुन् भने पोखरेल चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएपछि विवादमा तानिएका कानुमन्त्री तामाङलाई नेकपाले फिर्ता बोलाउने निर्णय गरेको थियो ।

मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर तामाङले राजीनामा दिएको घोषणा गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री