शनिबार, ८ वैशाख २०८१

हटाइयो अमिताभ बच्चनले छोरी श्वेतासँग अभिनय गरेको विवदास्पद विज्ञापन

समयपोष्ट २०७५ साउन ७ गते ८:०९

भारतको कल्याण ज्वेलर्सले बलिउड अभिनेता अमिताभ बच्चन र उनकी छोरी श्वेता नन्दाद्वारा अभिनित विवादित विज्ञापन हटाएको छ । करिब साढे दुई मिनेटको यो विज्ञापन बैंक युनियनको निशानामा थियो । उक्त विज्ञापनले बैंकिङ प्रणालीमा ‘अविश्वास’ को भावना पैदा गरेको युनियनले आरोप लगाएको छ ।

Advertisement

कल्याण ज्वेलर्सका कार्यकारी निर्देशक रमेश कल्याणारमनले भने, ‘भूलवश मानिसहरुको भावनामा ठेस् पुगेकोमा हामी खेद प्रकट गर्छौं । त्यसकारण हामीले यो विज्ञापन हटाएका छौं । ’

अल इन्डिया बैंक अफिसर्स कन्फेडरेशनले विज्ञापनदाता कल्याण ज्वेलर्सविरुद्ध मुद्दा दर्ता गर्ने चेतावनी दिँदै विज्ञापनलाई घृणित बताएको थियो । संगठनले कम्पनीको विज्ञापनमार्फत लाखौं कर्मचारीको भावनामा ठेस पुगेको आरोप लगाएको थियो ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री