शनिबार, ८ वैशाख २०८१

महालक्ष्मी विकास बैंकको कार्ड प्रयोगकर्ताले मेडिसिटीमा उपचार गरे छुट पाउने

समयपोष्ट २०७५ साउन ७ गते ३:०७

महालक्ष्मी बिकास बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटी अस्पतालमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउने भएका छन्।

Advertisement

महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक बिजय रिमालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका ग्राहकले उपचार खर्चमा ७ प्रतिशत छुट पाउनेछन्। यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले नेपाल मेडिसिटी अस्पतालको सेवाशुल्कमा १० प्रतिशत छुट पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री