यस्तो छ सिटिजन्स बैंकको प्रगति बिबरण
सिटिजन्स बैंक इन्टरनेशनलले एक अर्ब ४० करोड खुद नाफा गरेको छ । बैंकले २ प्रतिशतको खराव कर्जालाई सवा एक प्रतिशतमा झारेको छ। बैंकले निक्षेपको तुलनामा ऋण बढाएको छ। यही कारण बैंकको आम्दानीमा राम्रो सुधार देखिएको हो।
बैंक एक बर्षमा १६.६२ प्रतिशतले निक्षेप बढाउँदा ऋण १९.६३ प्रतिशतले बृद्धि गरेको छ। बैंकले कुल ६१ अर्ब ४८ करोड निक्षेप संकलन गरी ५७ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेको छ।
अघिल्लो बर्ष नै चुक्ता पूँजी ८ अर्ब नघाइसकेको बैंकको जगेडा कोष दोब्बरले बढेको छ। बैंकको जगेडा कोष १०४ प्रतिशतले बढेर २ अर्ब ७६ करोड ८० लाख रुपैयाँ पेको छ।
बैंकको आधार दर बढेको छ भने निक्षेपमा दिने र ऋणमा लिने ब्याजको अन्तर (स्प्रेड दर) पनि बढाएको छ। आधार दर ११.१७ प्रतिशतबाट ११.७८ प्रतिशत पुगेको छ। स्प्रेड दर ३.१९ प्रतिशतबाट ३.८४ प्रतिशत पुगेको छ। बैंकको आम्दानी बृद्धि हुनुमा स्प्रेड दरको पनि भूमिका छ। बैंकको प्रति शेयर आम्दानी साढे १७ रुपैयाँ छ।
प्रतिक्रिया