अझै उठेन फोहोर,राजधानीवासी सकसमा !

उपत्यकाको एक मात्र फोहोर व्यस्थापन गर्ने सिसडोल ल्यान्डफिल साइटको प्रवेश गर्ने बाटो भासिएका कारण उपत्यकाको फोहोर केही दिन अझै नउठ्ने भएको छ ।

आजको नेपाल समाचारपत्रमा खबर छ,वर्षात्का कारण दुई सातादेखि राजधानीको फोहोर व्यवस्थापन हुन सकेको छैन ।

Advertisement

उपत्यकाको सडक गल्लीमा फोहोरको डंगुर थुप्रिएको छ । अधिकांश वटुवा नाक थुनेर हिँड्न बाध्य भएका छन् ।

फोहोरकै कारण राजधानीमा हैजा फैलन सक्ने खतरा बढेको छ ।

सिसडोल प्रवेश गर्ने बाटो बिग्रिएको कारण फोहोर व्यवस्थापन गर्न नसकिएको कामपा वातावरण विभागले जनाएको छ । फाहोर उठिरहेको दाबी गरे तापनि दुई हप्ता यता दैनिक ५ ट्रकभन्दा बढी फोहोर व्यवस्थापन हुन सकेको छैन ।

कामपाले घरमै फोहोर व्यवस्थापन गर्न राजधानीवासीलाई अपिल गरेको छ । चिकित्सकहरुले अहिलेको अवस्था केहीदिन रहे राजधानीमा हैजा फैलन सक्ने चेतावनी दिएका छन ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री