लगातार घटेको सेयर बजारमा देखियो सुधार

लगातार घटेको सेयर बजारमा आईतबार केही सुधार आएको छ । आज नेप्से परिसचुक ८.११ अंकले बढेर १२००.०९ अंकमा पुगेको छ । आज १ सय ७० कम्पनीका ६ लाख कित्ता सेयर १९ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा बढीसेञ्चुरी कमर्सियल बैंकको संस्थापक सेयर किनबेच भयो ।

आज फाईनान्स समुह उपसुचक बाहेक सबै समुह उपसुचकहरु बढेका छन् । आज फाइनानस समुह १.५७ अंकले घटेको छ । आज बाणिज्य बैंक समुह ७.८५,ब्यापार समुह ०.१७,होटल ४०.६६,विकास बैंक ७.७१,जलबिद्युत १०.७८,बिमा ४३.४९,उत्पादनमुलक ९.३८,अन्य १.९ र लघुवित्त समुह ६.५५ अंकले बढेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री