विपदको तत्काल सम्बोधन गर्ने गरी तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपदको तत्काल सम्बोधन गर्ने गरी सम्पुर्ण रुपले तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्रालयमा बसेको विपद व्यवस्थापन र न्युनिकरणसंग सम्बन्ध राख्ने सरकारी निकायका पदाधिकारी सम्मिलित बैठकमा गृहमन्त्रीले सो निर्देशन दिएका हुन् ।

बैठकमा गृहमन्त्री थापाले विपत जोखिम न्युनिकरणका लागि आवश्यक पहल गर्दै प्रभावितको तत्काल उद्धार, राहत तथा आवश्यक बन्दोबस्तीको व्यवस्था मिलाउनका लागि आवश्यक उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न मातहतका निकायलाई निर्देशन दिए ।

Advertisement

बैठकमा सहभागी विपद जोखिम न्युनिकरण महाशाखाका सहसचिव केदारबहादुर न्यौपानेले राहत र उद्धारका लागि गाउँपालिका, नगरपालिका, प्रदेश सरकार लगायतसंग आवश्यक समन्वय गरी आवश्यक उपकरण र जनशक्तिलाई तयारीमा राख्ने निर्णय भएको जानकारी दिए । सरकारले विपद व्यवस्थापनका लागि आवश्यक तयारी गरेको भन्दै उनले जस्तो सुकै विपदका लागि पनि आवश्यक उपकरण, जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखिएको बताए ।

मन्त्रालयले मौसम पुर्वानुमान सम्बन्धी आवश्यक जानकारी र पुर्व चेतावनीयुक्त सन्देश दिई सर्वसाधरणलाई सर्तक र सचेत बनाउने कार्यक्रम पनि गर्ने तयारी गरेको जानकारी दिए । राहत सामाग्री वितरणमा भने एकद्धार प्रणाली अपनाउन मन्त्रालयले सबैलाई अपिल गरेको छ ।

मन्त्रालयले केन्द्रमा गृहमन्त्रालय, प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र स्थानीय तहमा जिल्ला विपत व्यवस्थापन समितिका प्रमुख प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी राहत वितरणमा सहयोग पुर्याउन तथा अनावश्यक चन्दा संकल गर्ने ÷गराउने काम नगर्न तथा त्यस तर्फ सचेत हुन सर्वसाधरणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री