शनिबार, १७ साउन २०८२

सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ आयोजना, निःशुल्क जाँच र आकर्षक छुटको अवसर

समयपोष्ट २०८२ साउन १६ गते १६:३७

नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्सको अटोमोबाइल डिभिजन, सीजी मोटोकर्पले श्रावण १८ देखि २० गतेसम्म ‘मनसुन फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ।

लगातारको वर्षाले सवारी साधनमा विभिन्न समस्या निम्त्याउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै, कम्पनीले ग्राहकको सुरक्षा र गाडीको दीर्घकालीन अवस्थालाई प्राथमिकता दिएको छ।

यो विशेष सर्भिस क्याम्पमार्फत सुजुकीका ग्राहकले गाडीको निःशुल्क जाँच, मर्मतमा विशेष छुट र वर्षायाममा सवारी साधनको हेरचाहसम्बन्धी विशेषज्ञको सल्लाह प्राप्त गर्नेछन्। कम्पनीले सबै सुजुकी ग्राहकलाई यो अवसरको अधिकतम लाभ उठाएर आफ्नो गाडीलाई उत्कृष्ट अवस्थामा राख्न आग्रह गरेको छ।

सर्भिस क्याम्प अवधिमा ग्राहकले एसी/हिटर, ब्याट्री र समग्र गाडीको निःशुल्क जाँचको सुविधा पाउनेछन्। साथै, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्म छुट, लेबर चार्जमा २० प्रतिशतसम्म छुट, र स्पेयर पार्ट्स तथा इन्जिन आयलमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। थप रूपमा, सर्भिस गर्ने ग्राहकले आकर्षक अफरहरू प्राप्त गर्नेछन् र तीन जना भाग्यमानी ग्राहकले विशेष सर्भिस प्याकेज जित्ने अवसर पाउनेछन्।

यो मनसुन सर्भिस क्याम्प नेपालभरका ५४ वटा सुजुकी सर्भिस आउटलेटमा सञ्चालन हुनेछ। नेपालकै सबैभन्दा ठूलो सर्भिस सञ्जाल भएको सुजुकीले ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।

सीजी मोटोकर्पले वर्षायाममा सुरक्षित र भरपर्दो यात्राका लागि ग्राहकलाई गाडीको समयमै जाँच र मर्मत गर्न सुझाएको छ। थप जानकारीका लागि नजिकैको सुजुकी सर्भिस सेन्टरमा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री