जुम्लामा जनता बैंकद्धारा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जनता बैंक नेपाल लिमिटेडले आयोजनामा कर्णाली प्रदेशको जुम्लामा ३ दिने बृहत स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी स्त्री तथा प्रसूति रोग र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । जुम्लाको तातोपनी गाउँपालिकामा आषाढ १६, १७ र १८ गते संचालन भएको शिविरमा स्थानियको उल्लेख्य सहभागिता रहेको बैंकले जनाएको छ ।
नेपाल नेत्र ज्योती संघ, हिमालय आँखा अस्पताल, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । शिविरमा आँखा परिक्षण तथा मोतिबिन्दुको अपरेशन, स्त्री तथा प्रसूती रोग र सामान्य स्वास्थ्य परिक्षणको शिविर संचालन गरिएकोमा कूल ११ सय ४५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।
जसमा करिव एक हजारको आँखा परिक्षण गरिएकोमा एक सय भन्दा बढीमा मोतिबिन्दुको समस्या देखिएको थियो । सो मध्ये मोतिबिन्दुले ग्रस्त भइ सकेका ४९ जना विरामीको निःशुल्क अपरेशन गरिएको थियो साथै विरामीहरुलाई आवश्यक औषधि र चस्मा पनि निःशुल्क वितरण गरिएको थियो ।
विरामीहरुको विपन्न आर्थिक अवस्थालाई मध्ये नजर गरी अपरेशन गरेका विरामी तथा कुरुवाको लागि खाने, बस्ने र यातायातको व्यवस्था बैंकलेनै गरेको बैंकले जनाएको छ । तातोपानी गाउँपालिकामा यहि बैशाख देखि जनता बैंकको शाखा संचालनमा रहेको छ ।
प्रतिक्रिया