मंगलबार, ६ साउन २०८२

बाराको जितपुरमा लक्ष्मी बैंकको ८६ औँ शाखा

समयपोष्ट २०७५ असार २१ गते ११:१४

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा बाराको जितपुरमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ ।

यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

साथै साना तथा लघु व्यवसायीहरु तथा विशेषगरी कृषि व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । बारा जिल्लामा यो बैकंको दोस्रो शाखा हो ।

यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४३ जिल्लामा ८६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री