सोमबार, ३० असार २०८२

‘विद्यार्थीमुखी चिकित्सा ऐन जारी नगर्दासम्म आन्दोलन’

समयपोष्ट २०७५ असार १८ गते २:२०

स्वास्थ्य शिक्षा सुधारका मागसहित १५ औं पटक अनशन बसेका डा. गोविन्द केसीको आन्दोलनमा स्थानीयले समर्थन जनाएका छन् ।

Advertisement

आजको कान्तिपुर दैनिकमा खबर छ, नागरिक समाजले आन्दोलनको पक्षमा हस्ताक्षर अभियान सुरु गरेको छ भने चिकित्सक संघले डा. केसीको जीवनरक्षाका लागि सरकारसँग माग गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा शनिबार अनशन सुरु गरेका डा. केसीले सरकारले विद्यार्थीमुखी चिकित्सा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताए । ‘जनता र विद्यार्थीमारा विधेयक ल्याइँदै छ, त्यसलाई तुरुन्त खारेज गरेर चिकित्सा शिक्षा अध्यादेशअनुसारको ऐन ल्याउनुपर्छ,’ उनले भने, ‘सबै सांसदलाई विद्यार्थीको हितमा लाग्न अपिल गर्दछु ।’

माग पूरा नभए सत्याग्रह गर्न तयार रहेको उनले बताए । चिकित्सा शिक्षा ऐन तत्काल लागू गर्नुपर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस तहका विद्यार्थी भर्ना गर्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री