मिस माल्टा काठमाडौँमा (हेनुहोस् तस्विर)
समयपोष्ट
२०८१ साउन १४ गते ८:३८
मिस माल्टा चेरिस स्पीटेरी नेपाल भ्रमणमा आएकी छन् ।
उनीसहितको टोली आज बिहान काठमाडौँ आइपुगेको हो ।
टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरु केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु पनि नेपाल आएका छन् । नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरुसँग मिलेर सामाजिक कार्य गर्नेछन् । यस्तै उनीहरु मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । यस्तै चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना छ ।
प्रतिक्रिया